
धनुषा — सशस्त्र प्रहरीले धनुषाको महिनाथपुरबाट ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई सशस्त्र प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
स ६ प ८०८६ नम्बरको रातो/कालो रंगको मोटर साइकलमा चढी हेल्मेटमा लुकाएको ब्राउन सुगरसहित सिरहा कर्जना नगरपालिका २ का २३ वर्षीय महादेव मण्डल र १९ वर्षीया अस्मिता खत्रीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वार्टर धनुषाले जनाएको छ ।
शंका लागेपछि मोटरसाइकल रोकी उक्त मोटरसाइकल जाँच गर्दा हेल्मेटको भित्री भागमा प्लास्टिकको झोलाले बेरेको खैरो रंगको गिलो पदार्थ ब्राउनसुगर बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएका उनीहरूसहित ब्राउनसुगर र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय खजुरी धनुषामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।