
जनता समाजवादी (जसपा) नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कसैसग पनि तालमेल नगर्ने भएको छ। आज बसेको जसपा कायॅकारिणि समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ ‘हाम्रो पार्टीको समेत सहभागितामा रहेको ५ दलीय गठबन्धनमा आगामी हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सिटको तालमेल को सम्बन्धमा भई रहेको सिट बाँटफाँडसम्बन्धी छलफलमा हाम्रो पार्टीको लागि सन्तोषजनक अवस्था नदेखिएको हुंदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्पको रूपमा अन्य राजनीतिक दलहरूसंग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिने छ। सो पनि हुन नसकेको अवस्थामा जसपा नेपाल एक्लै निर्वाचनमा भाग लिने निर्णय गरिन्छ।

वडा दशैँको शुभकामना













