
महोत्तरी- औरही नगरपालिकाको मेयर प्रदीप कुमार खड्काले पालीका भित्रका कर्मचारीे आफ्नो सम्बन्धीत फाँटको मात्र काम गर्नुपर्ने बताएका छन् ।
मेयर खड्काले भने, “जसलाई प्रमुख प्रशासकीय अधिकृत बन्नु इच्छा छ प्रशासन सेवाबाट आउनु पर्यो । शिक्षा सेवाका कर्मचारी शिक्षा नै हेर्नु पर्छ ।”
उनले प्राय स्थानीयतहमा बेथिति निम्त्याउने प्रमुख पात्र निमित्त कार्यकारी प्रमुख नै भएको बताउँदै उनले त्यस्ता निमि हरु की मन्त्रालयलाई पैसा बुझाएर आउँछ वा अन्य किसिमको पावर लगाएर आउँछ वा नगरपालिका गाउँपालिकाका प्रमुखलाई रिझाएर आउँने गरेको बताए।
मेयर खड्काले आफ्नो पालिकामा यस्तो वेथिति चल्न नदिने बताउँदैले उनले प्रमुख प्रशासकीय अधिकृत हुन प्रशासन सेवाबाट आएका कर्मचारीलाई मात्र सो जिम्मेवारी दिने बताए।
औरही नगरपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौ २१ गते नगरपालिकाका शिक्षा प्रशासन समूहका अधिकृत स्तर आठौँ तहका धीरेन्द्रलाल कणर्लाई आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो ।
तर हाल प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) सूर्यप्रसाद दाहाल हाजिर भईसकेको अवस्थामा पुनः कणर्ले आफ्नो पहुँच र पैसाको बलमा आफू नै प्रमुख प्रशासकीय अधिकृत भएको चिट्ठी ल्याएर पालिकाको कामकाज अवरुद्ध गर्ने काम गरिरहेको मेयर खड्काले आरोप लगाए ।
यस अघि कणर् छिमेकी रामगोपालपुर नगरपालिकाकामा हुँदा पनि यस्तै लफ्डा गरेका थिए । त्यहाँ पनि उनि निमित भएर कामकाज गर्दै आएकोमा अर्को प्रमुख प्रशासीकय अधिकृत हाजिर भएपछि आफ्नो पहुँच र पैसाको बलमा आपूm नै सो जिम्मेवारीमा रहेको पत्र ल्याएर पालिकाको कामकाज अवरुद्ध गरेका थिए ।
यसरी एउटै पालिकाका दुईजना प्रमुख प्रशासीकय अधिकृतको जिम्मेवारीको दाबि गर्दा पालिकाको खाता संचालन हुन नसकेपछि यस पटक दसै जस्तो नेपालीहरुको महान चार्ड पर्वको बेला कर्मचारीहरुले तलब भत्ता समेत खान पाएनन् र अन्यौलको अवस्था सृजना हुँदा पालिकाको अन्य कामकाज समेत ठप्प भएको छ।
यता कणर्ले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) सूर्यप्रसाद दाहालकाको कमलामाई नगरपालिकामा सरुवा भई सकेको भएपनि यहाँ उनि बस्न नियमसंगत नभएको बताए ।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाज गरिरहेका दाहालले नगर कार्यपालिकालाई आफू आवश्यक रहेकाले मात्र नगरपालिकामा बसिरहेको बताए । उनले भने, ‘यो लडाइँ कर्णजि र मेयरको हो । मैले आफूलाई यस लडाइँमा कर्णजि प्रतिस्पर्धी ठानेको छैन ।’
मेयर खड्का शिक्षा शाखाका कर्मचारी शिक्षाको नै जिम्मेवारी वहन गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत बन्न नदिने अडानमा छन्।
- यो पनि पढ्नु होस्
महोत्तरीको रामगोपालपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत विषयको विवाद साम्य















