
महोत्तरी- रोट्र्याक कलव अफ बर्दिबास, नेपाल प्रहरी र ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरि सचेतनामुलक कार्यक्रम आयोजना गरेका छन ।
दसैं, तिहार , छठ जस्ता चाड पर्वकाे बेला सडकमा अत्यधिक सवारी साधनकाे चाप बढ्दा दुर्घटनाकाे जाेखिम पनि बढि रहेकाे हुँदा सडक दुर्घटना न्युनिकरण गर्न सचेतना तथा जनचेतना मुलक कार्यक्रम ईलाका प्रहरी कार्यालय वर्दिवास, राेट्रयाक्ट क्लव अफ वर्दिवास र जिल्ला ट्राफिक कार्यालय महाेत्तरीको संयुक्त आयोजनामा गरिएको हो।

सनिवार बेलुका प्रहरी र रोडट्र्याक कलव अफ बर्दिबासका स्वयंसेवकहरुले यात्रा तथा सुरक्षामा ध्यान दिने उद्देश्यले राजमार्गका यात्रु र स्थानिय ब्यापारीलाइ पर्चा, पम्प्लेट वितरण गरेका हुन् ।

स्थानिय ब्यापारीहरुलाइ पनि पसल-पसलमा नै पुगेर सुरक्षामा सचेत गराइएको थियो भने यात्रारत यात्रु, चालक, सचालक सवैलाइ रोकेर ट्राफिक नियमका समबन्धमा अवगत गराइएको थियो ।

चाडपर्वमा चालक-सचालकले मादकपदार्थ सेवन गरेको थाहा पाएमा प्रहरीले तुरुन्त सम्पर्क गर्न यात्रुहरुलाइ अनुरोध गरेको छ।

पाकेटमार, चोरी, डकैतीमा विशेष सावधान रहन अनुरोध गर्दै प्रहरीले त्यस्तो क्रियाकलाप भएको थाहा पाए तुरुन्त १०० नम्बरमा कल गर्न सुचित गरेको छ ।

ब्यापारीहरुलाइ पनि मिति गुज्रेका सामान, अत्याधिक मुल्य नलिन सचेत गराइएको छ ।
