
दिवेश कुमार महतो/ ढल्कवेर, धनुषा।
धनुषाको मिथिला नगरपालिकाको मुख्यबजार केन्द्र ढल्केवर स्थित एक पेट्रोल पम्पमा आगलागी भएको छ।

आइतबार साँझ मिथिला नगरपालिका-६ ढल्केवर स्थित धनुष ट्रेडर्स पेट्रोल पम्पमा आगलागी भएको हो।

इलाका प्रहरी कार्यालय ढल्केवर, नेपाली सेना श्रीनाथ गण महेन्द्रनगर, ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगर, सशस्त्र प्रहरी नक्टाझिज बेस क्याम्पका सुरक्षाकर्मी सहित स्थानीयको सहयोग तथा छिन्नमस्ता बाहिनी बर्दिवासको बारुण यन्त्र, महेन्द्रनगर -क्षिरेश्वरनाथको बारुण यन्त्रको मद्दतले आग लागिलाई नियन्त्रणमा लिएको थियो ।

आगलागीका कारण खुल्न सकेको छैन। आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको र घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जनाएको छ।
