
धर्मेन्द्र कुमार यादव/महोत्तरी-
प्रदेश लोक सेवा आयोग मधेश प्रदेशद्वारा प्रशासन सेवा अन्तर्गत लिएको परीक्षामा सहभागी परीक्षार्थीको संख्या भन्दा बढी परीक्षार्थी उत्तीर्ण भएको परिणाम सार्वजनिक गरिएको छ।
अधिकृतको सातौ तहको परीक्षामा सामेल विद्यार्थी भन्दा १२ जना बढी बिद्यार्थीको परिणाम घोषणा गरिएको छ।
जबकपुरधाम कै अलग अलग १३ ओटा परीक्षा केन्द्रको परीक्षामा २हजार ५सय ६७ परीक्षार्थी सामिल भएका थिए तर परीक्षाको परिणाम सार्वजनिक हुँदा २हजार ५सय ७९ को परिणाम आएको छ।

प्रदेश लोक सेवा आयोगद्वारा लिएको परीक्षामा परीक्षामा सहभागी भन्दा १२ जना नयाँको थप सहित परीणाम सार्वजनिक गरिएपछि पहिलो पटक लिएको जाँचमा शंका उत्पन्न गराएको छ।
बि न ९९-१०७-२०७७/०७८ को प्रथम पत्रको मिति २०७९-५-१८ गते लिइएको परीक्षामा सामिल परीक्षार्थी भन्दा १२जना कहाँ बाट कसरी थप हुन आयो भन्ने चासोको बिषय बनेको छ।
मधेस प्रदेश को सातौं तहको परिक्षामा जम्मा उम्मेदवार संख्या २हजार ५सय ६७ भनेको छ र परीक्षा भवनमा पनि कायम २ हजार ५सय ६७ मात्र गरिएको छ तर २ हजार ५सय ६८ देखि २हजार ५सय ७९ सम्मको रोल नम्वर नतिजामा उल्लेख छ। बीचको १२ जनाको थप कसरी परिणाम आयो अहिले सबत्र चर्चाको विषय बनेको छ।
परीक्षामा सामिल नै नभएको परीक्षार्थीको नाम उत्तीर्ण गराउँदा भित्र भित्रै ठूलो आर्थिक चलखेल भएको अनुमान त्यतिकै लगाउन सकिने ठाउँ देखिएको छ ।
यस प्रति गम्भिरता पूर्वक छानबिन हुन पर्ने माग उठेको छ।

