
जनकपुरधाम- केहि वर्ष देखि तराई-मधेसमा मधेसी समुदायले पनि टीका लगाएर दसैं पर्व मनाउन थालेका छन् ।

धनुषा सहित तराई-मधेसका विभिन्न जिल्लाहरुमा यस पटक मधेसी समुदायका प्राय परिवारहरुले दसैंको टीका थाप्दै दसैं मनाएको देखिएको छ । जसरी मधेसी समुदायले मात्रै मनाउँदै आएको छठपर्व पहाडी समुदायमा समेत मनाउन थालिएको देखिएको छ ,त्यसरी नै तराई मधेसमा मधेसी समुदायले समेत दसैं पर्व मनाउन थालेका हुन् ।

मधेसको संस्कृति पहाडमा र पहाडको संस्कृति तराईमा साटासाट हुनु राष्ट्रिय भाइचारा वृद्धि हुने प्राज्ञ तथा संस्कृतविद रमेश रञ्जन झा बताउँछन्।झा भने, ‘यस पहिचानलाई फराकिलो गर्दै टिका ग्रहण तथा मान्यजनबाट आर्शिवाद लिने परम्परा मधेसमा बढ्दै गएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्म मनाउने यो पर्व नेपालको सबै भागमा मनाइने राष्ट्रिय चाड भएको छ।’नौरथाको अष्टमी र नवमीको दुवै भुगोलमा आ–आफ्नै विशेषता छ। पहाडमा मनाउने दसैं उत्सव र चाडपर्वको हिसाबले पहाडि समुदायले मनाउने गर्दछ भने, मधेसमा भिन्न खालको दसैं मनाउने गरिन्छ। तराई मधेसमा निराहार ब्रत बसेर तपस्याको रुपमा मनाउने गरिन्छ।

नवरात्रिको नवदिन फलाहार गरेर कपाल नकाट्ने, अनुहार नहेर्ने, नङ नकाट्ने निराहार बसेर भगवति माताको पूजा गर्ने गर्दछ। मधेसमा मन्दिरमा ढोग्ने गरेको र जनईलाई धारण गर्ने गरिन्थ्यो तर अहिले दुबै समुदायले एक अर्काको घरमा पुगेर दसैं टिका थाप्ने गरेको छ।

नवरात्रिको नवदिन फलाहार गरेर कपाल नकाट्ने, अनुहार नहेर्ने, नङ नकाट्ने निराहार बसेर दुर्गा माताको पुजा गर्ने गर्दछन्। मधेसमा मन्दिरमा ढोग्ने गरेको र जईलाई धारण गर्ने गरिन्थ्यो तर अहिले दुबै समुदायले एक अर्काको घरमा पुगेर दसैं टिका थाप्ने गरेको छ।

वरिष्ठ पत्रकार तथा संस्कृतविद रामभरोस कापडीले दसैं माता भवानी कै पुजा भएकाले तराई मधेसको अलग्गै यसको पहिचान रहेको बताउँछन् । कापडीले टिकामा महाकालि, महालक्ष्मी र महासरस्वतिको पुजा अराधनाले यस पर्व मनाउने गरेकाले आजको दिन विशेष रहेको बताए।

आश्विन शुक्ल प्रतिपदामा जमरा राखी नवमीसम्म दुर्गा सप्तशती चण्डी पाठ गरि नव दुर्गा र तृशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आजा गरिन्छ। विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावनमाथी विजयी हासिल गरेको उपलक्ष्यमा र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने चलन छ।शान्ति र सद्भावको सन्देश बोकेर आउने दसैं पर्वले सम्पुर्ण हिन्दु नेपालीहरुलाई साच्चिकै शान्तिको अनुभुति दिलाउने गर्दछ। कोरोना महामारीको दुईवर्ष पछि यसवर्ष आफन्तबाट टाढाटाढा रहेका परिवारका सदस्यहरु आफ्नो जन्मस्थलो र आफन्त भेट्ने तथा मान्यजनबाट टीका र जमराका साथ आशीर्वाद लिन पाएकोमा असाध्यै खुसी देखिन्छ।

तराई मधेसका सबै जिल्लाको बजारहरुमा मेला उत्सव
तराई मधेसको सहर, बजार एवं गाउँमा पोहोर र यसपालीको दसैं निकै फरक देखिएकोछ ।
मधेसमा खानपानको भन्दा पनि दसैँमा पूजाको संस्कृति रहेको छ। देवी दुर्गा सहित अन्य विभिन्न देवदेवीका प्रतिमा स्थापना गरी भव्यतापूर्वक मेला लगाउने चलन रहेको छ। प्रदेश २ का सबै जिल्लाको प्रमुख बजारहरु तथा केही ग्रामीण क्षेत्रमा पनि भव्यतापूर्वक मेलाको आयोजना गरिएको छ ।

महाअष्टमीको दिन रात्री कालरात्रीमा पूजा गर्ने र बलि प्रदान गर्ने चलन रहेको छ । नवमी तिथिका दिन सम्पूर्ण शक्तिपीठहरुमा बलि दिने प्रचलन रहेको छ ।
नवमीको दिन जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिर, महोत्तरी सोनामाई, सप्तरीको छिन्नमस्ता लगायतका शक्तिपीठहरुमा हजारौँको संख्यामा बोका र रांगा बलि दिइएको छ ।

मधेसमा दसैंँभरि बिहान र बेलुका घरदेखि मन्दिरसम्म पुजा गर्ने चलन रहेकोले हरेक घरमा भक्तिको वातावरण हुने गरेको पण्डित लालबाबु झा बताउँछन् । मधेसको संस्कृतिमा दसैँको अवधिभर खेलिने झिँझिया र भगतईमा केही ह्रास भएको भए पनि पूजापाठमा हरेक वर्ष श्रद्धालुहरुको संख्या बढ्दै गइरहेको पण्डित झाको भनाइ छ ।
दसैँमा एक अर्कालाई शुभकामना आदान प्रदान गर्ने र भोजभतेर गर्ने चलन पनि बढिरहेको नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष राजेश कर्णको भनाइ छ । मूर्ति स्थापना गर्ने, प्रतिमा बनाएर देवीको पूजा गर्ने, मेला लगाउने तथा घरमा समेत पूजा गर्ने र व्रत बस्ने चलनले गर्दा मधेसको समाज एक किसिमले भक्तिमय बन्ने गरेको अध्यक्ष कर्ण बताउँछन् ।

दसैँको महाअष्टमीदेखि विजया दशमीको दिनसम्म तीन दिन विभिन्न स्थानमा मेला लाग्ने हुनाले सुरक्षा चुनौती केही थपिने गरेको छ । मेलामा पहिले जुवा खेलाउने चलन थियो तर सुरक्षा व्यवस्थामा जुवाले निकै चुनौती थपिने गरेकोले अहिले यसको चलन रोकिएको छ तर पनि अनेक किसिमको नाच र तमासाले गर्दा सुरक्षा चुनौती हुने गरेको छ । धार्मिक भेला सबै तिर आयोजना हुने भएकोले सुरक्षाकर्मी निकै सम्वेदनशील भएर काम गर्नुपर्ने हुन्छ ।