
वर्दिवास- प्रतिनिधिसभाको महोत्तरी क्षेत्र नं १ बाट गिरिराज मणि पोखरेल पुन: नेकपा माओवादीबाट टिकट पाएका छन् ।
पोखरेल यस पटक सत्तारुढ गठबन्धनका दलहरु माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी लोकतान्त्रिक समाजवादी पार्टि नेपाल लगायतको साझा उम्मेदवारको रूपमा चुनावमा उभिएका छन्।
पाेखरेलले माओवादी अध्यक्ष प्रचण्ड बाट मनोयनपत्र (टिकट) प्राप्त गर्दै पार्टीलाई धन्यवाद दिएका छन् भने विगतमाझै सबैको सहयोगको अपेक्षा गरेको बताएका छन् ।