
वर्दिवास- महोत्तरी निर्वाचन क्षेत्र नं. १ बाट सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यको लागि गिरिराजमणि पोखरेल(माओवादी) र क्षेत्र नं. १ (क) बाट सुरेश राउत(नेकपा एस) तथा भरतप्रसाद साह(माओवादी)ले क्षेत्र नंं. १(ख)बाट उम्मेदवारी दर्ता गराएका छन् ।
पूर्वमन्त्री गिरिराजमणी पोखरेलले प्रतिनिधिसभाका लागि चौथो पटक मनोनयन दर्ता गराएका हुन् ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेल महोत्तरी—१ बाट चौथो पटक उम्मेदवारी दर्ता गराएका हुन् ।
आईतवार दिउँसो दलबलसहित बर्दिवासस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले ५ दलीय सत्ता गठबन्धनबाट महोत्तरी—१ का लागि प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् ।
पोखरेल यसअघि तीनपटक महोत्तरी-१ बाट निर्वाचित भईसकेका छन् । संविधान सभाको निर्वाचन २०६४, २०७० र प्रतिनिधसभा निर्वाचन २०७४ गरी तीन पटक महोत्तरी-१ बाटै निर्वाचित भईसकेका छन् ।
त्यसैगरी महोत्तरी क्षेत्र नम्बर १(ख) को उम्मेदवार भरत साह मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री हुन् भने क्षेत्र नं. १(क)का उम्मेदवार सुरेश राउत एमालेबाट छुट्टिएर बनेको नेकपा एसका महोत्तरीका राम्रो पकड भएका नेता हुन् ।