महोत्तरी – माओवादी केन्द्रबाट दुई जना चर्चित नेताहरूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । विशेषगरी महोत्तरी क्षेत्र नम्बर १ (क) बाट राजन ढुङ्गानाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
सत्तागठबन्धनको भागबण्डाअनुसार यहाँ प्रतिनिधिसभा र प्रदेशसभाको लागी (ख) माओवादी केन्द्रको भागमा परेको छ । (क) मा माओवादी केन्द्रका राजन ढुङ्गानाले स्वतन्त्र मनोनयन दर्ता गरेसँगै निक्कै चर्चा सुरु भएको छ ।



गिरिराजमणि पोखरेल निकट मानिने नेता ढुङ्गानाको मनोनयन दर्तालाई लिएर समकक्षी उम्मेदवारसमेत तरङ्गीत बनेका छन् ।
त्यसैगरी नेकपा माओवादीका युवा नेता तथा पत्रकार अमृत कुमार महतोले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
उनले महोत्तरी क्षेत्र नम्त्रर १(क) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका हुन् ।
यता नेकपा एमालेका युवा नेता फाल्गुन मगरले पनि होत्तरी क्षेत्र नम्त्रर १(क) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
यातायात कार्यालय बर्दिबासका कार्यालय प्रमुख पोशन थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
निजामती कर्मचारीकोरुपमा २६ वर्षदेखि कार्यरत थापाले राजीनामा दिएर स्वतन्त्र उम्मेदवार दर्ता गराएका छन् । थापाले प्रतिनिधिसभा सदस्यको लागी महोत्तरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।




