
महोत्तरी - नेकपा एमाले पार्टीबाट टिकट नपाएपछि गौशाला नगरपालिका ८ का प्रमोद महतोले बागि भई स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा महोत्तरी क्षेत्र न १ को (ख) बाट प्रदेश सभा सदस्यमा उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
आईतवार दिउँसो बर्दिवास स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।