बर्दिवास- स्वतन्त्र प्यानलको यति वेला देश व्यापी रुपमा चर्चा चलेका छन् । स्थानिय तह निर्वाचनमा जितेर सफलता पाएको स्वतन्त्र समुहको आउने परिणाम देखेर चुनावमा प्रतिनिधि सभा तथा प्रदेश सभामा समेत उमेदवारी दिएको छन् ।

महोत्तरी क्षेत्र नम्बर को प्रतिनिधि सभा तथा प्रदेश सभामा समेत उमेदवारी दिएका स्वतन्त्र समुहका नेता तथा कार्यकता समेत चुनावि मैदानमा होमिन थालेका देखिन्छ ।




मंगलवार स्वतन्त्र समुहका कार्यलय उद्घाटन समारोहमा वर्दिवास नगर पालिकाका नगर मेयर प्रहलाद कुमार क्षेत्रीले नगर क्षेत्रको विकासका लागि आफुलाई नगरवासीले जिताएकाले नगरको विकास र समृद्धिका लागि आफु सधै दत्तचित्त भई लागिरहेको बताएका छन्।

महोत्तरी क्षेत्र नम्बर १ को बर्दिवासमा क्षेत्रीय कार्यालय उद्धघाटन समारोह कार्यक्रमलाई मेयर क्षेत्रीले सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन।

उनले देश व्यापि रुप मै स्वतन्त्रको लहर चलि रहेकै समयमा देश निर्माणको कार्यभार राजनितिक दलका जनप्रतिनिधिले गर्न नसको दल भित्रका नेता कार्यकर्तामा कृपाबाद जातीबाद, अवसरवाद लगायका व्यक्तिगत स्वार्थपूर्ण अवस्थालाई नियाल्दै त्यसलाई चिर्न आफ्नो प्यानलले महोत्तरी क्षेत्र नम्बर १ को प्रतिनिधि सभा तथा प्रदेश सभामा समेत उम्मेदवारी दिएको प्रस्ट पारे ।
उनले नगरका पिछडिएका नागरीकको जिवन स्तर माथि उठन नसके काले त्यसलाई उठाउन भ्रष्टाचार, नाताबाद काम गरी रहेको र केहि समय भित्रै कामको परीणाम देखिने विश्वास व्यक्त गरे ।

महोत्तरी क्षेत्र नम्बर १ को प्रतिनिधि सभा तथा प्रदेश सभामाद प्रतिनिधि सभा तर्फ बर्दिवास यतायातका पूर्व कार्यालय प्रमुख पोषण थापा र प्रदेश सभा तर्फ क्षेत्र नम्बर १ क (क) मा यूवराज पोखरेल र (ख) तर्फ विनोद महताे उम्मेदवारी दिएका हुन् ।





