
महोत्तरी, २६ असोज । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–३ को (ख)मा प्रदेश सभामा नेकपा माओवादी केन्द्रबाट मनोनयन दर्ता गराएका रामकुमार शर्माले उम्मेदवारी फिर्ता लिएका छन् ।
उक्त निर्वाचन क्षेत्रमा गठबन्धनबाट लोसपा नेतृ रानीकुमारी शर्मा आधिकारिक उम्मेदवार हुन् ।
महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–३ को (ख)बाट प्रदेश सभा सदस्य पदमा उम्मेदवार हुन मनोनयनपत्र दर्ता गराएका शर्माले नाम फिर्ता लिनका लागि निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका थिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २५ को उपदफा (४) बमोजिम उनको नाम उम्मेदवारको सूचीबाट हटाएको मुख्य निर्वाचन अधिकृत हेम बहादुर सेनले जानकारी दिए ।
उम्मेदवारी फिर्ता लिएपछि उनले गठबन्धनसँगै एकजुट भएर जाने बताएका छन् । महोत्तरी–३ प्रदेशसभा (ख)मा पनि माओवादी केन्द्रका नेता शर्माले गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएका थिए ।
गठबन्धनले महोत्तरी क्षेत्र नम्बर–३ प्रदेश सभा (क)मा लोकतान्त्रिक समाजवादी पार्टीका अभिराम शर्मा र क्षेत्र नम्बर–३ प्रदेश सभा (ख)मा रानीकुमारी शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
