
धनुषा- आगामी मंसिर ४ मा हुनेप्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषाको क्षेत्र नम्बर ४ मा २१ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
क्षेत्र नम्बर ४ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका महेन्द्र यादव उम्मेदवार बनेका छन् भने एमालेबाट रघुवीर महासेठ उम्मेदवार छन् । यसैगरी जसपा नेपालका महाजन यादव, राप्रपाका अनिरुद्र यादव, जनमत पार्टीका किसुन यादव, जनता प्रगतिशील पार्टीका रामचन्द्र यादव, नेपाल लोकतान्त्रिक पार्टीका कृष्णचन्द्र प्रसाद साह, नेपाल कम्युनिस्ट पार्टीका रामदुलार महतो, नेपाल सद्भावना पार्टीका राजेन्द्र महतो र राष्ट्रिय स्वतन्त्र पार्टीका संजय कुमार यादव पनि यो क्षेत्रमा उम्मेदवार छन् ।
धनुषा–४ मा स्वतन्त्र उम्मेदवारी दिनेमा अरुणकुमार साह, नवल यादव, राजेशकुमार यादव, राजकुमार यादव, महेशकुमार यादव, राम अचल यादव, रामकृष्ण यादव, दिपेशकुमार यादव, श्यामकिशोर यादव, अनिलकुमार चौधरी, विजयकुमार यादव, श्रवण दास तत्मा, देवेन्द्रकुमार पँजियार, विजयकुमार साह सुडी, कलमदेव यादव, हरिकिशोर यादव, सञ्जयकुमार यादव, व्रह्मदेव महतो, रामगुण यादव, कृष्णकुमार महतो र प्रशुराम महतो कोइरी छन् ।