
धर्मेन्द्र कुमार यादव/महोत्तरी
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा महोत्तरीको चार वटै क्षेत्रमा काँग्रेस नेतृत्वको सत्तारुढ दल (पाँच दल)को बाम- लाेकतान्त्रिक गठबन्धनको अवस्था बलियो देखिएको छ।
बैशाख ३० गते सम्पन्न स्थानिय तहको मत परिणामको आँकडा देख्दा सबै क्षेत्रमा पाँच दलिय गठ्बन्धनको अवस्था बलियो देखिन्छ।
क्षेत्र न १ मा पाँच दलिय गठबन्धनले ३७ हजार ६ सय ११ र एमाले-जसपाको दुई दलिय गठबन्धनले १५ हजार २ सय ६८ मत प्राप्त गरको छ।
क्षेत्र नं २ मा पाँचदलिय गठबन्धनले ४२ हजार २ सय १७ र दुई दलिय गठबन्धन ले १५ हजार ५ सय ८९ मत ल्याएको छ।
क्षेत्र नं ३ मा पाँच दलिय गठबन्धनले २९ हजार ५ सय ४३ र दुई दलिय गठबन्धनले २५ हजार १ सय ५७ मत ल्याएको छ।
त्यस्तै क्षेत्र नं ४ मा पाँच दलिय गठबन्धनले ३७ हजार ८ सय ६९ र दुई दलिय गठबन्धन ले २०हजार १ सय ५ मत ल्याएको छ।
यसरी स्थानीय तहको निर्वाचनको मत परिणाम देख्दा मत विभाजित नहुने अवस्था आए सत्तारुढ गठबन्धनबाट क्षेत्र नं १ बाट गिरिराजमणि पोखरेल (माओवादी), क्षेत्र नं २ बाट शरत सिह भण्डारी (लाेसपा), क्षेत्र नं ३ बाट महन्थ ठाकुर (लोसपा) र क्षेत्र नं ४ बाट महेन्द्र कुमार राय (काँग्रेस)को जित सुनिश्चित देखिएको छ।