मधेश केन्द्रित राजनीतिमा तीन दशकभन्दा बढी समय बिताइसकेका महेन्द्र राय यादव र राजेन्द्र महतो सर्लाहीको क्षेत्र नं–२ का प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धी छन् ।
दुवै नेता अहिले घरदैलोमा व्यस्त देखिएका छन् । उनीहरु दुवैले राष्ट्रिय राजनीति अस्थिर हुँदा त्यसको असर मधेशमा पनि परेका बताउँछन् । सरकारमा हुँदा आफूहरुले पहिचान र विकास निर्माणको कामलाई अघि बढाएको बताउने गरेका छन् ।



पटक–पटक सांसद बनेका महेन्द्र राय यादवले विकास निर्माण मात्र नभइ मधेश अधिकारको नाममा समेत आफूले लडाइ जारी राखेको बताए । उनी स्थानीय स्तरमा भिजेको नेताको रुपमा परिचित छन् । अर्का प्रतिस्पर्धी राजेन्द्र महतो पनि घरदैलोमा व्यस्त रहेका छन् । स्थानीय कार्यकर्ता र सर्वसाधारणसँगको भेटघाटका क्रममा महतोले मधेशी, थारु, मुस्लिम, जनजातिलगायत पहिचान र अधिकारबाट वञ्चित समुदायको आवाज संसद्सम्म पु¥याइने बताए ।
पूर्वमन्त्रीसमेत रहेका महतोले भने, ‘राजनीति पद र सत्ताका लागि मात्र नभइ, जनताको दैनिक जीवनसंग जोडिएका समस्या समाधान गर्ने माध्यम हुनुपर्छ ।’ महेन्द्रको तुलनामा राजेन्द्रलाई यसपटक पनि असहज देखिन्छ । सर्लाही क्षेत्र नम्बर–२ मा उमेदवारलाई चुनाव लागे पनि स्थानीय मतदातालाई यतिबेला देखि नै खानेपानी, सिचाइँको अभाव पुरानै समस्या रहेको छ । गतवर्ष चैतको पहिलो सातादेखि नै पानीको मुहान सुक्न थालेको, वर्षाको समयमा पनि कम भएको स्थानीयहरु बताउँछन् ।
खानेपानी र सिचाइँको समस्या यस क्षेत्रका लागि पुरानै एजेण्डा छन् । महेन्द्र यादव र राजेन्द्र महतो दुवै मधेशका पुराना नेता हुन् । जनताले उनीहरुलाई पटकपटक निर्वाचित गराएका छन् । राजेन्द्र पटक–पटक मन्त्रीसमेत भए भने महेन्द्र पनि पटकपटक मन्त्री भइसकेका छन् । यस पटकको निर्वाचनपछि देशमा आमुल परिवर्तन ल्याउने नारा सुनिए पनि आफ्नो क्षेत्रमा पुरानो अनुहार नै मैदानमा देखिएपछि आफ्ना समस्या जस्ताको त्यस्तै रहने भन्ने चिन्ताले सताएको छ ।
सर्लाही सुकनाहाका रामदेव रायले छेउमै उखु काटिरहेका अर्का स्थानीय राम सकल साहले आउनै लागेको सुक्खायामको कारण गहिरिदो भू–जल सतहमै पानीको मुहान सुक्ने डर व्यक्त गरे । सर्वसाधारणका लागि पेयजल आपूर्ति व्यवस्थित नहुँदा दैनिक जीवनमै कठिनाइ भोग्न उनको भनाइ छ । सर्लाही क्षेत्र नम्बर–२ मा गतवर्ष देखि खानेपानीको चापाकलहरु सुक्दै गएकोले पानी अभावले विद्यालय, साना उद्योग तथा कृषि कार्य समेत प्रभावित हुने गरेको दिलीप स ह न ी ल े बताए ।
सर्लाही क्षेत्र नम्बर–२ मा उम्मेदवार राजेन्द्र महतो स्वास्थ्य मन्त्री र निरन्तर ह्याट्रिक गर्दै आएका महेन्द्र यादवप्रति मतदाताहरुले असन्तुष्टि जनाउँदै आएका छन् । सदरमुकाम र सदरमुकामसंग जोडिएका क्षेत्र भए पनि सडकको दुरावस्था, शिक्षाको खस्कँदो स्तर, भएका स्वास्थ्य संस्थाको दयनीय अवस्था र किसानले मलखाद नपाउने समस्या व्याप्त रहेकाले अब निर्वाचित हुने प्रतिनिधिले यसतर्फ गम्भीर हुनुपर्ने स्थानीय मतदाता शिवचन्द्र महतोले बताए ।
जनप्रतिनिधि तथा सम्बन्धित कार्यालयमार्फत् तत्काल दीर्घकालीन योजना तथा आपतकालीन खानेपानी तथा सिचाइँ आपूर्तिको व्यवस्था गर्न महतोले माग गरे । उनीहरुको प्रतिस्पर्धाले अन्य राजनीतिक दलका उम्मेदवारलाई छायाँमा पारेको छ । यहाँ नेपाली नेपाली कांग्रेसबाट डा. सरोज यादव, एमालेबाट नागेश्वर साह र रास्वपाबाट रविन महतोको उम्मेदवार छन् । त्यस्तै अन्य पार्टी र स्वतन्त्र उम्मेदवार पनि रहेका छन् । समकालीन राजनीतिमा यादव र महतोबीच करिब ३० वर्षदेखि रोचक प्रतिस्पर्धा चलिरहेको छ ।
२०७४ मा सर्लाहीबाट धनुषा पुगेका महतो फर्केर सर्लाही नै आएका छन् । यी दुई उम्मेदवारसंगै प्रमुख पार्टीहरू नेपाली कांग्रेसका तर्फबाट डा. सरोज यादव, नेकपा एमालेबाट नागेश्वर साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रबिन महतो पनि उम्मेदवार बनेका छन् । २०७९ सालको निर्वाचनमा तत्कालीन कांग्रेस–माओवादीसहितको सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रको चुनाव चिह्न लिएर यादव विजयी भएका थिए । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका तर्फबाट उम्मेदवार बनेका महतो दोस्रो भएका थिए ।
यादव र महतोबीच २०७० सालमा पनि प्रतिस्पर्धा भएको थियो । त्यो निर्वाचनमा पनि महतो पराजित भएका थिए । य ा द व ल े तराई–मधेश सद्भावना पार्टीका तर्फबाट निर्वाचन जितेका थिए भने महतो सद्भावना पार्टीका उम्मेदवार थिए । उक्त निर्वाचनमा सर्लाहीका ६ क्षेत्रमध्ये यादव र महतोले क्षेत्र नम्बर–४ मा प्रतिस्पर्धा गरेका थिए ।
२०७४ सालमा यादव र महतो एउटै पार्टीमा रहेका थिए । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट यादव सर्लाही क्षेत्र नम्बर– २ बाट विजयी भएका थिए भने महतो धनुषा क्षेत्र नम्बर–३ मा गएका थिए । तेस्रो मधेश आन्दोलनपछि जनकपुरधाम आएका महतोले नेपाली कांग्रेसका विमलेन्द्र निधिलाई हराएर चर्चामा थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का तर्फबाट यादव समानुपातिकतर्फ सांसद बने ।
०६४ सालमा तत्कालीन सद्भावना पार्टीका उम्मेदवार बनेर सर्लाही–४ बाट महतो निर्वाचित भएका थिए । त्यस निर्वाचनमा तमलोपा र सद्भावना पार्टीबीच चुनावी तालमेल समेत भएको थियो ।




