
वर्दिवास- महोत्तरी निर्वाचन क्षेत्र नं. १ “क” मा सत्ता पक्षको गठबन्धनको आधिकारिक उम्मेदवार आफू भएकाे नेकपा एसका उम्मेदवार सुरेश राउतले दाबि गरेका छन् ।
क्षेत्र नम्बर १ ‘क’ मा गठबन्धन भित्रको नेकपा एकीकृत समाजवादी (एस)बाट सुरेश राउत र लोसपाका पिताम्बर महतोले उम्मेदवारी दर्ता गरेका छन् ।
राउतले भने, "लोसपाका उम्मेदवार पिताम्बर महतोले आफूलाई पनि पार्टी उम्मेदवारी दिन भनेकोले उम्मेदवारी दर्ता गराएको भनिरहेकाे बेला आज केन्द्रबाट चिठी नै मेराे नाममा आइ सकेको हुँदा र नेपाली काँग्रेसले पनि मलाई आधिकारिक उम्मेदवार भनेको हुँदा म नै गठबन्धनको साझा आधिकारिक उम्मेदवार हुँ ।"
नेता राउतले देउवा नेतृत्वको सरकारमा नेकपा एस नै सुरु देखि गठबन्धनमा रहेको र लोसपा पछि तालमेलमा आए हुँदा अध्यक्ष माधव नेपालले भनेर नै टिकट ल्याएर मनोनयन दर्ता गरेको बताए । उनले मतदाताको हिसाबले ‘क’ कांग्रेसले पाएको तर उनीहरूले नेकपा एसलाई उम्मेदवारी दिन सहमती गरेकोले पनि आधिकारिक उम्मेदवार आफू पहिले देखि नै रहेको दाबि गरे ।
आधिकारिक उम्मेदवारमा राउतलाई दिएको हुँखा औपचारिक रुप मै नउनि प्रचार प्रसारमा जुटिसकेका छन्।
‘राजनीतिमा अनुशासन तथा सम्झौताको पालन अपरिहार्य हुन्छ। तर लोसपाले महतोलाई उम्मेदवारी दिन लगाएर सम्झौता विपरित कार्य गरेको छ। लोसपालाई कांग्रेसले गठबन्धनमा ल्याएको छ’, राउतले भने, ‘गठबन्धनको मर्म अनुरुप सम्झौता पालन गर्न कांग्रेस र लोसपा दुवै दललाई आग्रह गर्न चाहन्छु।’
कांग्रेसले लोसपालाई गठबन्धनमा ल्याउनु पूर्व नै आफूलाई टिकट दिइएकोले आफू नै गठबन्धनको आधिकारिक उम्मेदवार रहेको उनको भनाई छ।