
जनकपुरधाम- धनुषामा हतियार सहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका-७ चोहर्वा बस्ने ३५ वर्षीय रामसागर ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। उनको साथबाट कटुवा पेस्तोल बरामद गरिएको हो ।
ठाकुरलाई धनुषाको सबैला नगरपालिका-१२ नहर चोकस्थित मैनाथपुर बिरेन्द्रबजार सडकबाट प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीको अनुसार इलाका प्रहरी कार्यालय सबैलाबाट खटेको प्रहरी टोलीले प्रदेश-२-०१-००२ प ३७२० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार ठाकुरको साथबाट उक्त पेस्तोल भेटिएको थियो ।
प्रहरी टोलीलाई देख्नासाथ हातमा बोकेको झोला सहित भाग्न खोजेपश्चात उनलाई नियन्त्रणमा लिई तलासी गर्दा झोलाभित्र उक्त पेस्तोल फेला परेको प्रहरी नायव उपरीक्षक क्षेत्रीले जानकारी दिए।
फरार भएका मोटरसाइकल चालकको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ ।