
काठमाडौं- सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जोशीको निधनको शोकमा सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, विदेशस्थित कूटनीतिक नियोगहरुमा कात्तिक १ गते मङ्गलबार सार्वजनिक दिने निर्णय भएको जानकारी दिनुभयो ।
साथै राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि नेपाल सरकारले गरेको जारी विज्ञप्तिमा उल्लेख छ । जोशीको आइतबार बिहान निधन भएको हो ।
