
काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने आम निर्वाचन लक्षित आजदेखि सातै प्रदेशमा भेला गर्ने भएको छ।
गठबन्धनले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला गर्ने भएको हो।
पूर्वनिर्धारित कार्यक्रमअनुसार आज पोखरामा भेला हुनेछ। भेला ११ बजे हुनेछ। आजै बुटवलमा २ बजे गठबन्धनको भेला हुने जनाइएको छ।
कार्तिक ५ गते ११ बजे गठबन्धनले विराटनगरमा बेलाको आयोजना गर्ने छ। ५ गते नै २ बजे गठबन्धनको भेला जनकपुरमा हुनेछ।
कार्तिक ६ गते ११ बजे धनगढी र २ बजे सुर्खेतमा भेला गरिने गठबन्धनले जनाएको छ। यस्तै कार्तिक ७ गते ११ बजे काठमाडौंमा भेलाको आयोजना गरिने छ।
नेकपा एमालेकै नेतृत्वमा र नेपाली कांग्रेसको नेतृत्वमा दुई छुट्टाछुट्टै गठबन्धन चुनावी मैदानमा उत्रिकाए छन्।