
राधेश्याम कुशवाहा,सर्लाही - सर्लाहीमा सहकारी कर्मचारीमाथि गोलि प्रहार गरी फरार भएका ३ भारतीय नागरिक सहित ४ जना अभियूक्तलाई जिल्ला प्रहरी कार्यलय सर्लाहीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारत विहारको शिवहर थाना छप्रा ग्राम पंचायत तरयानी वडा न. ८ निवासी १९ बर्षिय रेहान भन्ने आलोक सिंह, जिल्ला वैशाली थाना उधोगी क्षेत्र ग्राम पंचायत सुल्तानपुर वडा न.१० निवासी १९ बर्षिय सौरभ कुमार यादव, जिल्ला मोतिहारी थाना सिगारगंज ग्राम पंचायत हराज वडा न. १२ निवासी १९ बर्षिय गुलसन कुमार सिंह र सर्लाहीको धनकौल गाउँपालिका वडा न.१ सेखौना निवासी ३२ बर्षिय डिजे भनिने धिरेन्द्र सहनी रहेको प्रहरीले जनाएको हो ।
बागमती नगरपालिका वडा न. १ मिलन चौकमा संचालित सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा केन्द्रमा कार्यरत साजन कार्कीमाथि गोलि मारी फरार भएका अभियूक्तलाई पक्राउ गरी कर्तव्य ज्यान अपराधमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका एसपि प्रविण पोखरेलले जानकारी दिए । सर्लाहीका विभिन्न स्थानमा रहेका वित्तिय संस्था तथा आर्थिक कारोबार हुने क्षेत्रमा लुटपाट गर्ने योजना रहेको बुझिएको छ । उनले भने । उनिहरु पक्राउ परेपछि केही स्थानमा हुने लुटपाटको घटना हुनबाट जोगिएको उहाँको कथन थियो ।
गोडैता बजारमा भएको रेमिटेन्स लुटपाटको घटना लगायत जिल्लाको अन्य घटनामा समेत उनिहरुको संलग्नता त छैन भनी समेत अनुसन्धान भईरहेको पोखरेल ले बताए । प्रहरीले तिनै जना भारतीय नगरिकलाई बलरा नगरपालिका वार्ड न. ३ लक्ष्मीपुरबाट पक्राउ गरेका छन, भने सहनीलाई धनकौल गाउँपालिका वडा न.१ बाट प्रकाउ गरेका हुन । उनिहरु बामगती वार्ड न. २ मिलन चौकमा रहेका सगुन बचत तथा ऋण सहकारीले संचालन गरेको सेवा केन्द्रमा लुटपाट गर्न खोज्दा प्रतिकार गर्ने कर्मचारी लालबन्दी नपा. २ जुटपानी निवासी उक्त संस्थामा कार्यरत कार्की माथि गोलि फरार गरेका थिए ।
तिघ्रा, कुम, ढाड र कोखामा गोली लागेका घाईते कार्कीको हरिवन स्थित सरस्वती अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि एम्बुलेन्स मार्फत काठमाडौं पठाईएको थियो । घटना भएलगत्तै उनिहरु बाईकमा सवार भएर सोल्टी, बहरथवा र हजरिया हुदै बागमती नदी पार गरी रौतहटको पिपरा पुगेका थिए । फेरी उनिहरु रौतहटबाट बह्रमपुरीघाट हुदै सर्लाहीको बागमती नदी पार गर्दै लक्षमीपुुर पुगेका थिए । घटना भएपछि जिल्ला प्रहरी कार्यलय, सर्लाहीले जिल्ला विभिन्न शंकास्पद ठाउँहरुमा भारी संख्यामा प्रहरी टोलिका साथै सिभिल प्रहरी समेत पचिालन गरेका थिए ।
घटना भएकै दिनको रातिको समयमा सिमा प्रहरी बलराका प्रमुख मोहन कटुवालको कमाण्डमा खटिएको टोलिले बलरा नपा.३ लक्ष्मीपुरको सिमवर्ती क्षेत्रमा संचालित पसलमा खाजा खान बसिरहेको अवस्थामा उनिहरुलाई घेरा हालेर समातेका थिए । स्रोतका अनुसार पक्राउ परेका सहनीको मोटरसाईकल चोरी लगायत जिल्लामा हुने विभिन्न अपराधि घटनामा समेत संलग्नता रहेका पाईएको छ मोटरसाईकल चोरीको आरोपमा एक देखि डेढ महिना भारत विहारको मोतिहारीमा समेत कारार चलान भएका थिए ।
त्यहाँ करारमा बस्दा नै भारतीय अपराधिसंग चिनजान भएको र सहनीकै नेतुत्वमा सर्लाहीको वित्तिय संस्थालमा लुटपाट योजना बनाएको हुन सक्ने बुझिएको हो । सहनी जिल्लाका विभिन्न ठाउँमा हुन अपराधि घटना समेत मुछदै आएका थिए । उनि एउटा घटनामा रौतहटको थुनामा समेत केही बसेर रिहा भएको थिए । सर्लाहीको गोडेता बजारमा भएको भएको रेमिटेन्स लुटपाट समेत संलग्नको आरोपमा प्रहरीले सहनीलाई पक्राउ गर्न खोज्दा भाग्न सफल भएका थिए । केही राजनितिक शक्तिको आडमा सहनी विभिनन अपराधि क्रियाकलाप गर्दै आएको स्थानिय बताउँछन । सर्लाहीका अधिकांश रेमिटेन्स तथा घरेलु वित्तिय संस्था सुरक्षा मापदण्ड विपरीत नै संचालन रहेको पाइएको छ ।
जिल्लाका संचालित घरेलु वित्तिय संस्थामा कहि सिसिटिभी जडान भएका छैन, भने कहि जडान भएको क्यामेरा समेत बिग्रिएको छ । प्राय सबै संस्थाहरु नगद भण्डारणका लागि सुरक्षित दराज तथा सुरक्षा गार्ड विनै साँघुरो कोठामा संचालन गरेकोे देखिन्छ । सर्लाहीको गोडैतामा समेत लु्टपाट भएको रेमिटेन्समा समेत संचालक पक्षका समेत कमजोरी देखिएका थिए । लाखौंका कारोबार हुने संस्थामा निगरानीका लागि सिसिटिभी क्यामेरा समेत जडान भएका थिएन, नगद भण्डारणका लागि कडा सुरक्षा सहित दराज तथा सुरक्षा गार्ड विनै साँघुरा कोठामा कारोबार भईरहेको पाइएको थियो । सगुन संस्था संचालक पक्षको कमजोरीका संस्थामा लुटपाट भएको आफन्तले आरोप लगाए ।
लाखौंका कारोबार हुने सेवा केन्द्रमा संचालकले सुरक्षा गार्ड विनै एक जना कर्मचारी मात्र राखेका छन । सुरक्षा गार्ड र अन्य कर्मचारी नभएका कारण सेवा केन्द्र अपराधिको निशानामा परेको उहाँको कथन थियो । छोरामाथि ४ वटा गोलि फरार भएपनि संचालक पक्षले उपचारका लागि गम्भीर भएर तादरुकता नदेखाएको घाईते कार्कीको ठुली आमा सावित्रा खडकाले आरोप लगाईन ।
चारवटा गोलि लागेको वावजुद पनि छोरालाई तुरुन्तै अस्पताल पुर्याउनमा संचालक पक्षले लापरवाही गरेको गुनासो गरिन । ४ वटा गोलि लागेका छोराको अवस्था नाजुक हुन लागेपनि हेलिकोप्टर नपाएको भन्दै उहाँहरुले बहाना बनाएको बताए । लुटेराहरुको योजना असफल बनाएका कारण छोरा उनिहरुको नजरमा परेको र आफनो परिवार असुरक्षित भएको भन्दै छोराको उपचार, क्षतिपुर्ति र सुरक्षाका लागि घाईते परिवारले सम्बन्धित निकायसंग माग समेत गरे ।