
सर्लाहीको बागमती नगरपालिका-१, मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनको सेवा केन्द्रका प्रमुख साजन कार्कीमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतका बिहार राज्य जिल्ला शिवहर थाना छप्रा ग्राम पंचायत तरयानी छप्रा-८ का भुषण सिंहको १९ वर्षीय छोरा रेहान भन्ने आलोक सिंह, जिल्ला बैशाली थाना उद्योगी क्षेत्र ग्राम पंचायत सुलतानपुर-१० का अरबिन्द कुमार यादवको १९ वर्षीय छोरा सौरभ कुमार यादव, जिल्ला मोतिहारी थाना सिगारगंज ग्राम पंचायत हराज-१२ का अरुण सिंहको १९ वर्षीय छोरा गुलसन कुमार सिंह रहेका छन्।त्यस्तै सर्लाही धनकौल गापा-१ का सोनफी सहनीको ३२ वर्षीय छोरा डिजे भन्ने धिरेन्द्र सहनी रहेका छन्।