
महोत्तरी(औरही) - महोत्तरीको विभिन्न सिमाक्षेत्र बाट अहिले अवैध रुपमा पटाकाहरु भित्रिएको देखिन्छ। नेपालमा खुल्ला रुपमा विक्री वितरणमा रोक लगाइएको बारुद जन्य पदार्थबाट निर्मित पटाका, छुरछुरे जस्ता आतिशबाजीका सामग्रीहरु भन्सार छलि गरि सेटिंगको आधारमा भित्रिने गरेको छ।
केहि दिन देखि बलेकीयाहरु मार्फत दिपावली र छठ पर्व लाई लक्षित गरि आलु, प्याज, चामल अन्य समानको बोरा भित्र पटाकाहरु जस्तो सामान नेपाल आउने गरेको देखिएको छ ।
यता सिमा सुरक्षामा खटिएका एपीएफ सशस्त्र प्रहरी , नेपाल प्रहरीको मिलोमतोमा पटाका बारुद जस्तो समान आउने गरेको बताइएकोछ । ब्यापारीहरुको अनुसार प्रहरीलाई महिनावारी तोकिएको हुन्छ । र उनिहरुले पारीबाट ल्याउने सामानको चेकजाँच गर्ने सामान्य प्रक्रिया पुर्याएर छोडिदिने गर्छन् ।
आकस्मिक ल्याउनु परे पनि ५००/- देखि ५०००/- सम्म सामान अनुसार रकम दिनु पर्ने हुन्छ । सानो ब्यापारी लाई थोरै पैसा ठुलो लाई बढी पैसा लिएर अबैध समानहरु भित्र्याउन दिनेगरेको ब्यपारीको भनाइरहेका छ्न।