
जनकपुरधाम - जनकपुरधाममा छठ पर्वको सुरुवात (नहायि-खाई)को दिन पलाष्टिक म्यान क्याम्पेन सम्पन्न गरिएको छ ।
कायापलटद्वारा आयोजित सडक प्रदर्शनमा अभियान्ताद्वारा पर्यावरणमाथिको विनाश रोक्न पर्ने सांकेतिक प्रस्तुती गरेका थिए ।

कायापलटको आयोजनामा सेभ द चलड्रेन, सिफ्ट, डब्लु डब्लु एफ नेपालको सहकार्यमा जनकपुरधामको जानकी मन्दिर, जनक चौक, राम चौक हुदै प्लास्टिक म्यान सहित २० जना पर्यावरण अभियान्ताले प्रदर्शन गरिएको थियो ।
उक्त कार्यक्रममा एक पलाष्टिक म्यानले पलाष्टिकका बोतल र झोला बोकेका थिए भने पलाष्टिकका सांकेतिक रुपमा सडक प्रदर्शन प्रस्तुत गरेका थिए । उक्त प्रस्तुतिमा कायापलटका रिषभ कुमार प्लास्टिक म्यान बनेका थिए भने कुमारसंग रहेका अभियान्ताले सडकका व्यपारी तथा आम-मानिसलाई प्लास्टिक बारे जानकारी प्रदान गरेका थिए ।

कार्यक्रममा सहजीकरण गर्दै कायापलट संस्थापक दिवाकर उप्रेतीले पर्यावरणमाथिको हस्तक्षेप रोक्न पर्ने बताए । उनले भने,'आम मानिसले प्लास्टिकको प्रयोग कममात्र गरे पनि सफा र सुन्दर जनकपुरधाम बनाउन सकिन्छ । यसको सुरुवात आफुबाट हुन जरुरी छ । '

यसै साथ कायापलट लगायतका साझेदार संस्थाले निरन्तर यस्ता अभियान सञ्चालन गरिरहेका छन् । जसको सुरुवात बडादशैंको दिनबाट सुरु भएको कायापलटका अध्यक्ष तथा अभियान्ता कैयुम राईले बताए । यस अभियान छठको दिन पनि प्रदर्शन गर्ने राईनले बताए ।