
ढल्कवेर- धनुषाको मिथिला नगरपालिका वार्ड नं -२ मा रहेको एकता बाल क्लब को नयाँ कार्यसमिति चयन गरिएको छ।
मिथिला नगरपालिका वार्ड नं -२ को वाडा अध्यक्ष बिहारी महतोको अध्यक्षता र हिमालय युवा क्लब नक्टाझिजको पुर्ब अध्यक्ष एवम् वर्तमान संरक्षक अरुण कुमार महतोको प्रमुख आतिथ्यमा बाल क्लब पुर्ण गठन गरी नयाँ कार्यसमिति चयन गरिएको कुरा बाल क्लबका सचिव कृष्ण महतोले बताए।
नयाँ कार्यसमितिको अध्यक्षमा कृष्ण कुमार महतो, उपाध्यक्ष निरा कुमारी महतो,सचिव विनिता महतो, सह-सचिव दिपक कुमार महतो ,कोषाध्यक्ष प्रिति कुमारी महतो र सदस्यहरुमा वर्षा कुमारी सिंह, रुपेश कुमार महतो,विजय कुमार दास, रोहित कुमार साह,जुनिल कुमार महतो, राहुल कुमार साह,नितेश कुमार महतो, क्षितिज कुमार महतो, दिपक महतो र उज्ज्वल कुमार महतो गरी जम्मा १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ। त्यस्तै सल्लाहकारको रुपमा दिवेश कुमार महतो, रितेश कुमार महतो ( मनिष ) र संरक्षकमा अरुण कुमार महतो र बिहारी महतो रहेको छ ।
कार्यक्रम मा एकता बाल क्लब नक्टाझिजको उपाध्यक्ष अन्जली कुमारी साह,पुर्व अध्यक्ष मन्जित कुमार महतो, पुर्व सचिव सुजित कुमार महतो, सदस्य अन्जली कुमारी महतो लगायत ३७ जनाको उपस्थितिमा कार्यक्रम समापन गरिएको छ।
कार्यक्रम संचालन मिथिला नगर बाल संजाल को अध्यक्ष दिवेश कुमार महतोले गरेको थियो ।