
महोत्तरी निर्वाचन क्षेत्र नं. १ (क) का प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार अमृत कुमार महतोले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
जेब्रा(घोडा) चुनाव बाट चुनाव लडेका महतोले आफ्नो घोषणा पत्रमा शिक्षा, कृषि, स्वास्थ्य, रोजगारी जस्ता योजनाहरुलाई आफ्नो चुनावी एजेन्डाको रुपमा प्रस्तुत गरेका छन् ।
यस्ता छन् महतोको घोषणापत्र
- पुस्तौं-पुस्तादेखि पीडित कृषकले उब्जनी गरेको कृषि उपजलाई व्यवस्थित गर्न कोल्डस्टोर स्थापना गराउन पहल गर्ने छु।
- प्रत्येक वडामा कृषि सडक निर्माणको लागि आवश्यक बजेट ब्यवस्थापन गर्न पहल गर्नको साथै खेतखेतमा बिजुली, सिंचाई, बीउबिजन तथा कृषियन्त्रको प्रबन्ध गराउन पहल गर्ने छु ।
- गर्भवती महिलाहरुको सुरक्षित प्रसुति सेवाका लागि हरेक वडामा बर्थिङ्ग सेन्टर स्थापना गराउन पहल गर्ने छु ।
- यस भेगको प्रसिद्घ धार्मिक एवं पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको भंगहा नगरपालिका स्थित कञ्चनबन (राम-सीताको सम्झनाको केन्द्र), बर्दिवास नगरपालिका स्थित पञ्चधुरामाई स्थान मन्दिरलाई संरक्षण, सम्बद्र्धन तथा प्रचारप्रसार गराउन पहल गर्ने छु ।
- यस क्षेत्रमा पर्ने रातु, जंघा, बडहरी लगायत बिभिन्न खोलानालामा आवश्यकता अनुसार पक्की पुल, तट्बन्ध निर्माणका साथै मुख्य सडकहरु कालोपत्रे गराउन पहल गर्ने छु ।
- सामुदायिक विद्यालयहरुलाई आधुनिक प्रबिधियुक्त डिजिटल सामुदायिक विद्यालयहरुको रुपमा विकास गरी संस्थागत बिद्यालयका बिद्यार्थी संग शैक्षिक प्रतिस्पर्धा गर्न योग्य बिद्यार्थी उत्पादन गर्न आवश्यक पूर्वाधार र प्रबिधिको ब्यवस्था गराउन पहल गर्ने छु ।
- चुरे दोहन पूणर्रुपमा बन्द गराउन पहल गर्ने छु ।
- अव्यवस्थित क्रसरलाई मापदण्डमा ल्याउन पहल गर्ने छु ।
- स्वच्छ खानेपानीको व्यवस्था गराउन पहल गर्ने छु ।
- युवाहरुलाई सीपमुलक रोजगारी सृर्जना गराउन पहल गर्ने छु ।
- एक नगर एक रंगशालाको अवधारणा ल्याउन पहल गर्ने छु ।
- लागुऔषधमुक्त गाउँ निर्माणलाई प्राथमिकतामा राखि सम्बन्धित निकायसंग आवश्यक पहल गरि दुब्र्यशनमुक्त समाज निर्माण गर्न पहल गर्ने छु ।
- बालबालिकालाई शिक्षा, युवालाई रोजगारी र वृद्धवृद्धालाई स्वतन्त्रणरुपमा बाँच्ने वातावरणको निर्माण गरिनेछ ।
