
जनकपुरधाम- नेपाली काँग्रेस धनुषाले आफ्नो कामलाई बाँडफाँड गर्दै व्यवस्थित बनाउनका लागि आधा दर्जन शाखा गठन गर्दै पदाधिकारीहरुलाई जिम्मेवारी दिएको छ ।
काँग्रेस धनुषाको सभापति योगेन्द्र पँजियारले पार्टीलाई सुदृढ गर्दै व्यवस्थितरुपमा सञ्चालनका लागि संगठन शाखा प्रमुखमा लक्ष्मीनारायण यादव, प्रशिक्षण शाखा प्रमुखमा गणेश झा, कार्यक्रम तथा समन्वय शाखा प्रमुखमा देवेन्द्र कुमार भरखरे, प्रचारप्रसार शाखा प्रमुखमा विजयकुमार यादव, विकास शाखा प्रमुखमा सुधिर कुमार गोइत र अभिलेख शाखा प्रमुखमा उमेशकुमार साहलाई जिम्मेवारी दिँदै मनोनित गरेको हो ।
नेपाली काँग्रेसको विधानको नियमावली २०७६ को नियम ४८(३) बमोजिम नेपाली काँग्रेस जिल्ला कार्यसमितिका पदाधिकारीहरुलाई जिल्ला शाखाहरुको प्रमुखमा नियुक्ति गरिएको सभापति पँजियारले जनाएको छ ।
