
काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथी गोली प्रहार भएको छ । उनको गाडीलाई लक्षित गर्दै प्रहार गरेको गोली लागेर उनी घाइते भएका छन् ।
गुजरांवालाको अल्लाहवाला चोक नजिकै गोली प्रहार भएको घटनामा अरु ३-४ जना पनि घाइते भएका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।
खुट्टामा गोली लागी घाइते भएका खानलाई उपचारका लागि अस्पताल पुर्याइएको छ । उनी खतरामुक्त रहेको चिकित्सकहरूले बताएका छन् ।
पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष समेत रहेका खानले आफू सत्ताच्युत भएपछिसरकारको राजीनामा माग गर्दै विरोध प्रदर्शन गर्दै आएका छन् ।
प्रधानमन्त्री शेहबाज सरिफले घटनाको निन्दा गर्दै तत्काल छानबिन गर्न निर्देशन दिएका छन्।