धनुषा-मिथिलाञ्चनकाे महान चाड चार दिवसयीय छठ पर्व अन्तर्गत आज शनिबार नहाय खाय विधि सम्पन्न गरिएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाम स्थित विभिन्न ठाउँमा ब्रतालु महिलाले सूर्यदेवको आराधना गर्दै जलासयमा नुहाएर चाेखो पकवान ग्रहण गरि पवित्र नहाय खाय विधि गरेका सम्पन्न हुन् ।
क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर कि एक सो ब्रतालु गीता देवी साहले आत्मशुद्धि र सूर्यपूजाको संकल्प गर्दै व्रत आरम्भ गरेको बताउनुभयो। नहाय खाय विधि अन्तर्गत ब्रतालुले नदी, पोखरी वा धारामा स्नान गरी शुद्ध भई अरवा चामल र लौकाकाे तरकारीको प्रसाद ग्रहण गर्ने परम्परा रहेको अर्का ब्रतालु अनिता देवि यादवले बताउनुभयो। छठ पर्वकाे पहिलाे दिन नहाय खाय सम्पन्न गरे पश्चात् ब्रतालुले सूर्योपासना गर्दै चार दिनसम्मको कठिन व्रत सुरु गर्ने प्रचलन छ ।
चार दिवसयीय यश कठोर व्रतको पहिलो दिन शनिबार नाहाय खाय, दोश्रो दिन आइतबार खरना, तेश्रो दिन सोमबार उस्ताउँदो सूर्य र अन्तिम दिन मंगलबार उदाउँदो सूर्यलाई अर्घ दिई सम्पन्न हुनेछ। तराई मधेसवासीकाे मुख्य चाड छठ पर्वलाई उत्साहका साथ मनाउनका लागि तयारी अन्तिम चरणमा रहेकाे महेन्द्रनगरकै अर्का ब्रतालु पुनम झाले बताउनुभयो। यता पोखरी र घाटको सरसफाइ, सजावट लगायत अन्य व्यवस्थापनकाे काम तिब्रगति भई रहेको छ ।
त्यसैगरि स्थानीय बजारहरूमा छठको लागि केरा, नरिवल, नबैध लगायत आवश्यक पूजाका सामग्री खरिदका लागि निकै भीडभाड बढेको छ।




