
बुटवल- रुपन्देहीमा २ किशोरीमाथि सामूहिक बला त्कार गरेको आरोपमा ९ जना पक्राउ परेका छन् । जिल्लाको कञ्चन गाउँपालिका–२ गोफ्लापुरमा १५ र १६ वर्षीया किशोरीलाई बुधबार राति अपहरण गरी बला त्कार गरेको आरोपमा ९ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सैनामैना–११ बनकट्टिका १९ वर्षीय पदम कार्की , सैनामैना नगरपालिका–१० का १८ वर्षका बबि पाण्डे, २६ वर्षीय रामबहादुर विक र गैडहवा गाउँपालिका–८ का १८ वर्षीय राहुल परियारलगायत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार बुधबार गाउँमा लागेको सांस्कृतिक कार्यक्रम हेरेर फर्कने क्रममा ती किशोरीहरूलाई १०-१२ जनाको समूहले गैडहवा गाउँपालिका–२ कुलीचौरस्थित कञ्चन खोलाको बगरमा सामूहिक बलात्कार गरेका हुन् ।