
दिवेश कुमार महतो,धनुषा - धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था लि. नक्टाझिजका अध्यक्ष रामदेव महतोको अध्यक्षतामा संस्थाको २३ औं साधारणसभा मनाइएको छ ।
साधारणसभामा संस्थाको लेखा समितिका अध्यक्ष शत्रुधन महतोले आयव्यय तथा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । संस्थाले सदस्य किसानहरुको समस्या हल गर्ने तथा सिप र पूजीको व्यवस्था मिलाई ब्यबसायिक बनाई आत्मनिर्भर बनाउने कुरालाई प्रतिवेदनमा जोड दिएको छ । संस्थाले वार्षिक प्रतिबेदनमा साना किसान समृद्ध कृषिको रुपान्तरण र उधमशिलताको विकास तर्फ जोड दिदैं चालु आ.व.मा शेयर सदस्यहरुलाई अवलोकन भ्रमण, अभिमुखिकरण तालिम गोष्ठीमा सहभागी गराई सहकारी शिक्षा प्रदान गर्ने, जडिबुटि खेती लाई प्रबर्द्धन गर्न सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय गरि कार्ययोजना तय गर्ने उल्लेख छ ।
साना किसान कृषि सहकारी संस्था लि नक्टाझिजले प्रस्तुत गरेको आयव्यय विवरण अनुसार गत आर्थिक वर्षमा २५ करोड २८ लाख ४१ हजार ६ सय १२ रुपैयाँ ऋण लगानी गरेको छ । यस्तै चालु आर्थिक वर्ष २०७९ असोज ३२ गतेसम्ममा संस्थाले ५ करोड १७ लाख ६२ हजार ऋण लगानी गरेको छ । यस्तै गत आर्थिक वर्षमा २२ करोड ७८ लाख ५० हजार ५ सय २६ रुपैयाँ ऋण असुली गरेको भने चालुक आवको असोज ३२ गतेसम्ममा ४ करोड ९२ लाख ९१ हजार ६ रुपैयाँ असुली गरेको विवरणमा उल्लेख छ ।
यस्तै गत आवमा ४ करोड ३४ लाख ९८ हजार ४ सय ८६ रुपैयाँ ब्याज असुल गरेको भने चालु आवको असोज ३२ गतेसम्ममा ९२ लाख २७ हजार ९ सय ७६ रुपैयाँ ब्याज असुल गरेको छ ।
संस्थाले गत आवमा ५ करोड १८ लाख ६५ हजार ९ सय ४८ रुपैयाँ आम्दानी गरेको छ भने चाले आवको असोज ३२ सम्ममा ९६ लाख १६ हजार ४ सय २३ रुपैयाँ आम्दानी गरेको छ । गत आवमा संस्थाले ३ करोड ४८ लाख ८९ हजार २० रुपैयाँ खर्च गरेको छ भने १ करोड ६९ लाख ७६ हजार ९ सय २७ रुपैयाँ नाफा गरेको आयव्यय प्रतिवेदनमा उल्लेख छ । संस्थाको असुली दर हाल ९६ प्रतिशत रहेको संस्थाका प्रबन्धक सुर्य नारायण महतोले बताउनुभयो । हाल संस्थामा जम्मा ३२३ समूह रहेको छ भने महिला समूहको संख्या २२४ र पुरुष समूहको संख्या ९९ रहेको छ । संस्थामा महिलाको सदस्य संख्या १४ सय ४५ र पुरुष सदस्य संख्या ३३३ गरी जम्मा १७ सय ९४ सदस्य संख्या रहेको छ । हाल संस्थाको शेयर २ करोड ७१ लाख ३५ हजार ८ सय रुपैयाँ रहेको छ ।
कार्यक्रमक्रममा साना किसान कृषि सहकारी संस्था लिमिटेड नक्टाझिजको प्रबन्धक सुर्यनारायण महतो,सह- प्रबन्धक सुरेश कुमार महतो, उपाध्यक्ष राम प्रसाद महतो, रा. आ. वि विधालय नक्टाझिज प्रतिटोलको विधालय व्यवस्थापन समितिको अध्यक्ष एवम् पुर्वडिएसपी शम्भु ढकाल , साना किसान नक्टाझिजको पुर्वअध्यक्ष ब्रह्मदेव महतो, पशु बिमा समिति सदस्य रामनाथ महतो(दिनेस),महिला नेतृ बबी महतो , हिमालय युवा क्लब को अध्यक्ष शिवराम महतो, हिमालय युवा क्लबको पुर्वअध्यक्ष अरुण कुमार महतो, जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रामनारायण महतो, समाजसेवी राममणि कुशवाहा लगायत किसानहरूको उपस्थिति रहेको थियो।
मिथिला नगरपालिका २ नक्टाझिज स्थित श्री जनता माध्यमिक विद्यालयको प्राङ्गणमा साधारण सभा सम्पन्न भएको छ भने स्थानीय कलाकार र हिमालय युवा क्लबको साँस्कृतिक नृत्य टोली द्वारा साँस्कृतिक कार्यक्रम पनि भएको थियो।