
महोत्तरी - महोत्तरीमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको ज्यान गएको छ ।
धनुषाबाट महोत्तरीको गौशला नगरपालिका–१, रामनगरस्थित मामा घर आएका तीन वर्षिय संजित महतोको ज्यान गएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
धनुषाको मिथिलानगरपालिका लक्ष्मीनिवास बस्ने शिव कुमार महतोको करिव ३ वर्षिय छोरा संजीत मंगलबार मामा घर गौशाला नगरपालिका–१ शर्मा चौक बस्ने टेक नारायण महतोको घरमा आएको बेला उक्त घटना भएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रंजन मिश्रले बताए ।
प्रहरी निरीक्षक मिश्रका अनुसार घर भित्र सबै जना काम गरिरहेको बेला बच्चा खेल्दा खेल्दै घरमा प्रयोग गरिएको जमेको पानीको खाल्टोमा बच्चा झर्दा निसासिएका थिए ।
खाल्टोमा झरेको बालक संजिताई उपचारको क्रममा बर्दिवासस्थित शुभस्वतिक हस्पिटलमा लगिएको र बालकको उपचारकै क्रममा ज्यान गएको हो ।