
महोत्तरी - महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ (क)को प्रदेशसभाका उम्मेदवार शारदा थापाले आफ्नो मात्र नभइ आफना सन्तती र भविष्यका पुस्ताका लागि सहि उम्मेदवार चुन्न मतदातालाई आह्वान गरेकी छिन्।
भंगहा नगपालिका ५ मा घरदैलोका लागि पुगेकी थापाले, तपाइको एउटा मत गलत व्याक्तिलाई जाँदा तपाइले मात्रै होइन तपाइका सन्ततीले पनि दुःख पाउँछन्, त्यसकारण सहि उम्मेदवारलाई चुन्नु होला ।’ उनी भन्छिन् मेरो जित मेरो वा जनमतको जीत मात्रै होइन यस क्षेत्रको सम्पूर्ण जनताको जीत हुनेछ ।’
आफू निर्वाचित भए जनताको शीर कहिल्यै पनि झुक्न दिदिन ।’ यो क्षेत्र र यस क्षेत्रका जनताको विकास नै मेरो एक मात्र लक्ष्य रह्ने उनको भनाई थियो ।