
धर्मेन्द्र कुमार यादव/ महोत्तरी,
समाबेशी प्रारम्भिक कक्षा सिकाइ सम्बन्धी तीन दिने शिक्षण सिकाइ सीपको रिफ्रेसर तालिम सम्पन्न भएको छ।
बुधवार देखि शुक्रवार सम्म संचालन भएकाे उक्त तालिममा महोत्तरी जिल्लाको सोनमा गाउपालिका भित्र रहेको सम्पुर्ण सामुदायिक बिद्यालयका कक्षा १-३ सम्म का नेपाली र गणित बिषयमा अध्यापन गराइरहेका शिक्षक शिक्षिकाहरुलाई सहभागी गराइएको थियो ।
बर्दिबासको शिशमहल होटलको सभाकक्षमा संचालन गरिएको उक्त शिक्षण सिकाई सम्बन्धी तीन दिने शिक्षण सिकाइ सीप अभिबृद्धि रिफ्रेसर तालिममा सोनमा गाउपालिका का जम्मा ३० जना शिक्षक/शिक्षिकाहरु सहभागी भएका थिए।
तालिममा प्रारम्भिक कक्षा सिकाइ कार्यक्रम सम्बन्धी पाँच दिने अधारभूत तालिम लिएकाहरुलाई पुन:र्ताजगी को लागि रिफ्रेसर तालिम गरिएको हो।
आधारभुत तालिम पछि प्रत्येक बिद्यालयमा शैक्षिक सामाग्री आयोजक द्वारा पुर्याइएको छ, शैक्षिक सामाग्री कसरी प्रयोग गर्ने बारे र मातृभाषा मैथिलीमा कसरी शिक्षण सिकाइ गर्ने बारे व्यापक छलफल भएको छ।
प्रारम्भिक कक्षा सिकाइ कार्यक्रमका भाषाका तत्वहरु र गणित बिषयका तत्वहरुको बिस्तृतमा प्रशिक्षण दिइएको थियो। तालिममा बिद्यालयमा समाबेशी शिक्षा सम्बन्धी शिक्षण सिकाइमा ध्यान दिनु पर्ने माथी जोड दिएका छ्न्। समाबेशी प्रारम्भिक कक्षा सिकाइ सम्बन्धी तिन दिने रिफ्रेसर तालिम बाट पालिका भित्र अध्यनरत बिद्यार्थीहरुलाई शिक्षण सिकाइमा मद्दत पुग्ने छ।
समाज बिकास केन्द्र, युनिसेफ र विश्व शिक्षाले देशभरीका धेरै स्थानिय तहमा समाबेशी प्रारम्भिक कक्षा सिकाइ सम्बन्धी तालिमहरु संचालन गर्दै आइरहेको छ।
समापन कार्यक्रमको अध्यक्षता समजा बिकास केन्द्र महोत्तरीका कार्यकारी निर्देशक किशोर कुमार चौधरी ले गरेका थिए त्यस्तै प्रमुख अतिथी सोनमा गाउपालिका अध्यक्ष बिशेश्वर प्रसाद यादव, बिशिष्ट अतिथी प्रदेश तालिम केन्द्र् बाराका महेन्द्र महतो, जिल्ला समन्वय इकाइ प्रमुख भरत सुवेदी, अतिथी सोनमा गाउपालिका शिक्षा संयोजक राजकुमार साह, सह संयोजक धर्मेन्द्र कुमार यादव, विश्व शिक्षाका कार्यक्रम संयोजक शुख रत्न ब्रह्मचार्य, रिशु माया चौधरी, प्रशिक्षक छवि चौलागाइ, अमन कुमार झा, समाज बिकास केन्द्रका कार्यक्रम संयोजक बिनोद दास, आशिष् गुप्ता, सुनिल कुमार मण्डल, राजिव कुमार झा, सदरे आलम लगायत शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो।
सोनमा गाउपालिकाको संयोकत्वमा शुरु भएको कार्यक्रमको सहयोगी युनिसेफ, विश्व शिक्षा र समाज बिकास केन्द्र जलेश्वर रहेको छ।