
महोत्तरी - महोत्तरीको औरही नगरपालिका वडा -१ मा पहिलो पटक औरही यूथ फोर्सद्वारा औरही नगरपालिका सरसफाइ अभियान सन्चालन गरेका छ्न। शनिबार औरहीमा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
औरही यूथ फोर्सका पद अधिकारी लगाएत विद्यार्थी,संघ सस्था,ब्यपारी,नेपाल प्रहरी,म्यादी प्रहरी, युवा र बुद्धिजीवीहरुको संयुक्त सहकार्यमा शनिबार औरही नगरपालिका वडा न १ मा रहेको हनुमान मन्दी देखि औरही बजार सम्म सरसफाई गरिएको छ ।
यस कार्यक्रमका नेतृत्व कर्ता औरही यूथ फोर्सका अध्यक्ष राजु प्रधानको नेतृत्वमा निस्केको टोलिले शनिबार औरही गाउँमा बढ्दै गरेको गरेको फ़ोहोर र प्रदुषणलाइ मध्येनजर गर्दै उक्त कार्यक्रममा सहभागीहरु औरही उद्योग बाणिज्य संघका अध्यक्ष श्रवण चौधरी,युवाहरु राजु चौधरी ,शुकेश्वर चौधरी,रन्जित साह,मुकेश साह, महावीर युवा कमिटीका अध्यक्ष्ा रामरतन चौधरी,उपाध्यक्ष बिपिन चौधरी र सन्चारकर्मी लगाएतको सहभागीमा उक्त कार्यक्रम आयोजना गरेको नेतृत्व कर्ता प्रधानले बताए ।
औरही यूथ फोर्सहरुद्वारा संचालित एक नयाँ र निष्पक्ष यूथ फोर्स हो, यस यूथ फोर्सले औरही नगरपालिकामा परिवर्तनका निमित्त धेरै कार्यहरु गर्ने योजना राखेको छ ।