
महोत्तरी- निर्वाचन विरोधी गतिविधिमा संलग्न आरोपमा महोत्तरी प्रहरीले जिल्लाको बलवा नगरपालिका वडा नम्बर-७ बनौटा टोलबाट सातजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरु मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएकोछ ।
पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र यादव, राजेश्वर यादव र ज १ च ११७१ नम्बरको टाटासुमोका चालक सहित सातजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।
उनीहरुको साथबाट चुनाव विरोधी पर्चा तथा माइकिङ सामग्री बरामद गरिएको एसपी पंगेनीले बताए ।