
महोत्तरी - जनमत पार्टीका केन्द्रीय सदस्य तथा महोत्तरी क्षेत्र नं. ३ (ख) का प्रदेशसभा प्रत्याशी दिपेन्द्र मधेशी सहित दर्जनौं युवा जसपा, नेपालमा प्रवेश गरेका छन् ।
आइतबार जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा जसपा,नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र जसपा नेपालको राजनीतिक समिति सदस्य एवम् मधेश प्रदेश प्रमुख अभियन्ता हरि नारायण यादवको उपस्थितिमा उनीहरूलाई पार्टीमा स्वागत गरियो ।
मधेशीसँगै जनमत पार्टीका शुभास मिश्रा,बैद प्रकाश यादव, नवीन यादव, गोपाल यादव,राम अनेक यादव,अनिल यादव,राम जनय यादव, प्रशान्त यादव,लभ ठाकुर, नरेश यादव लगायतका सक्रिय नेताहरू पनि जसपा,नेपालमा समाहित भएका छन् ।
राष्ट्रिय अध्यक्ष यादवले नवप्रवेशीहरूलाई माला,अबिर र गम्छाले स्वागत गर्दै, सही राजनीतिक दिशामा अघि बढ्न सुझाव दिए ।