महोत्तरी- नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणि पोखरेलले गौशाला नगरपालिकाले ऐतिहासिक रुपमै विकासका कार्यहरु गरेको बताएका छन् ।
महोत्तरीको गौशाला नगरपालिका वडा न.८ बेल्गाछी स्थित नेकपा माओवादी केन्द्रको प्रथम ऐतिहासिक नगर सम्मेलन उद्घाटन सत्रलाई सम्बाेधन गर्दै नेता पोखरेलले देशको जनताको समस्या समाधान गर्न ,उत्पीडन अन्त्य गर्न , राष्ट्रिय स्वाधिनता जोगाउन नेकपा माओवादी पार्टीको अहम भूमिका रहेको दावी गरे । कार्यक्रममलाई प्रदेश २ का आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साहले तिन तहको सरकारमा जनताको पक्षमा सक्रिय रुपमा अगाडी बढ्नु जरुरि रहेकाे बताए । मन्त्री साहले जनताको समस्या बुझी समर्थनको साथ त्यसलाई समाधान गर्नेतिर लाग्नु जरुरि रहेको बताए । उनले यो समाजलाई जुधारु नेताको आवश्यकता रहेको बताए।कार्यक्रममा प्रदेश समिति सदस्य विष्णु लामाले आफ्ना मन्तव्य राख्दै गुट ,विभेद ,आफन्तबाद ,सामन्तबाद जस्ता कुरा पार्टीबाट हट्नुपर्ने बताए । उनले यस सम्मेलनले यस्ता किसिमका गतिविधिलाई हटाउन र अन्त्य गर्न जोड पुग्ने दावी गरे ।
त्यसैगरि महोत्तरी जिल्ला इन्चार्ज राजु खड्काले संबिधानले निर्धारण गरेको कुरा व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए ।गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले आजको कार्यक्रममा उपस्थित रहेका जनताहरु प्रति आभार व्यक्त गर्दै यस पार्टीको कार्यकर्ता दशौ हजार भन्दा पनि बढी जुट्न सक्ने बताए।
उनले गौशाला नगरपालिकाले महोत्तरीमा रहेका कुनै पनि स्थानीय तह भन्दा कम काम नगरेको दावी गरेका उनले पार्टीलाई बलियो बनाउन गुटको अन्त्य गर्न जरुरि रहेको दावी गरे ।
नगर सम्मेलन आयोजक समितिको ज्येष्ठ सदस्य विरबहादुर गोलेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणि पोखरेल ,प्रदेश न.२ का आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साह ,पार्टीका महोत्तरी जिल्ला इन्चार्ज राजु खड्का ,गौशाला नगरपालिका नगर प्रमुख शिवनाथ महतो ,उपप्रमुख आशा लामा ,प्रदेश समिति सदस्य विष्णु लामा ,केन्द्रिय सदस्य प्रकाश पोखरेल लगायत विभिन्न प्रतिनिधि ,समुदायवासीको सहभागिता रहेको थियो ।