
मंजु यदुवन्शी,महोत्तरी आसन्न ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरि महोत्तरी जिल्लासँग जोडिएको नेपाल-भारत सीमानाका बिहीबार मध्यरातिदेखि बन्द हुने भएकाे छ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार बिहीबार राति १२ बजेदेखि ४ मंसिर आइतबार मध्यराति १२ बजेसम्म सीमानाका बन्द हुनेछ।
निर्वाचनलाई स्वतन्त्र,निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्नको लागि नेपाल–भरात सीमानाकाहरु बन्द गर्न लागेकाे महोत्तरीका सहायक जिल्ला प्रमुख अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए।