
गोरखा । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेका छन् ।
गोरखामै रहेका उनले पालुङटार वडा नं. १ को खोप्लाङस्थि अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदान गरेपछि उनले भनेका छन्,
‘यो लोकतन्त्रको महाकुम्भमा उत्साहपूर्ण ढंगले सहभागी बनौँ ।’ उनी आफैँ भने उम्मेदवार बनेका छैनन् ।