
महोत्तरी - महोत्तरीको सोनमा गाउँपालिका– २ स्थित बस्तीछेउमा एक युवकको शव फेला परेको छ।
शव स्थानीय पूर्वगाविस अध्यक्ष गोखुल यादवको २९ वर्षीय छोरा ज्ञानु भनिने नरेन्द्र यादव रहेकाे रहेकाे प्रहरीले जनाएको छ।
प्रहरीले घटना र शवको प्रकृति हेर्दा हत्याको आशंका गर्दै घटना स्थलमा डग टोलीसमेत ल्याएर अनुसन्धान अगाडि बढाएको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट एसपी नकुल पोखरेलको कमान्डमा टोली घटनास्थल पुगेको हाे ।

शव अर्धनग्न अवस्थामा रहेको र गम्छाले घाँटी थिचिएजस्तो प्रारम्भिक अनुसन्धानमा देखिएको छ । तथापि, एसपी पोखरेलले पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानले वास्तविकता खुल्ने बताए।

