
बर्दिबास- महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ को मतगणना शुरू भएको छ । बर्दिबास स्थित बर्दिबास सेवा समितिमा तयार गरिएको मतगणना स्थलमा मतगणना सुरु भएको हो ।
महोत्तरी -१ 'ख' बाट मतगणना सुरु गरिएको निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए । गौशाला नगरपालिका वडा नं १ को बाकस खोलिएको हो ।