
सर्लाही- सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा तर्फको पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार मधुमाला कुमारीको अग्रता कायम रहेको छ ।
पछिल्लो नतिजा अनुसार मधुमालाले ८६४ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नागेन्द्र रायले ८५० मत प्राप्त गरेका छन् ।
त्यस्तै, अर्का स्वतन्त्र उम्मेदवार अमरेश कुमार सिंहले ८१७ मत ल्याएका छन् ।