
जनकपुरधाम- धनुषाको निर्वाचन क्षेत्र नं ४ को मतगणना आज सुरु हुन सकेन ।
धनुषा-४ मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक सुचना जारी गर्दै जनप्रतिनिधि मतगणना प्रतिनिधिमा बस्न पाउने वा नपाउने सन्दर्भमा विवाद भएको हुँदा मतगणना आज सुरु हुन नसकेको जानकारी दिइएको छ।
सहायक निर्वाचन अधिकृत कुबेर कुमार ढुंगेलले जारी गरेको सुचनामा मतगणना कार्यमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधि मतगणना प्रतिनिधिको रुपमा बस्न हुने नहुने सम्बन्धमा राजनीतिक दलका उम्मेदवार तथा प्रतिनिधिहरु बीच विवाद भएको कारण सो को निकासको लागि निर्वाचन आयोगमा लेखि पठाएकोमा हाल सम्म पनि (राती ११ बजे) पनि जवाफ प्राप्त नभएको हुँदा भोली मंसीर ६ गते सो सम्बन्धमा जवाफ प्राप्त भए पश्चात मतगणना कार्य सुरु हुने जानकारी गराइएको छ।
