
महोत्तरी - महोत्तरीको क्षेत्र नं ३ मा मतगणना सुरु भएको छ । जलेश्वरको पर्सा पतैली र जलेश्वर मतदान केन्द्रबाट मतगणना सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ ।
सर्वदलीय बैठकमा समझदारी नहुँदा, मत सदर र बदरको विषयमा कुरा नमिल्दा गणना गर्न ढिला भएको क्षेत्र नं ३ का सहायक मतदान अधिकृत महेन्द्र झाले बताए ।