विश्व प्रकाश
जनकपुरधाम- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अर्का महामन्त्री गगन थापालाई पार्टी संसदीय दलको नेता र आगामी प्रधानमन्त्रीका लागि आफू प्रस्तावक बन्ने घोषणा गरेका छन् ।
थापालाई चुनाव जितेकोमा सामाजिक सञ्जालबाट बधाई दिँदै शर्माले यस्तो घोषणा गरेका हुन् ।
उनले थापाको तस्वीर राखेर भनेका छन्, ‘जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ!’
शर्माले यसअघि पनि गगन थापा प्रधानमन्त्री बन्नुपर्ने मत राख्दै आएका थिए । थापाले नमाने आफू अघि बढ्ने उनले बताइसकेका छन् ।




