जुम्ला। जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्रबहादुर शाही विजयी भएका छन् ।
शाहीले २२ हजार ८ सय १९ मत पाएका छन् भने नेकपा माओवादीकी गोमा गौतमले ११ हजार ९ सय ५९ मत ल्याइन ।



ज्ञानेन्द्र शाहीले १० हजार ८ सय ६० मतान्तरसहित जित निकालेका हुन् । यस्तै नेकपा एमालेका रतननाथ योगीले ६ हजार ५२८ मत पाए ।




