
जनकपुरधाम- धनुषा-४ मा नेपाली कांग्रेसका महेन्द्र यादव संग नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ पछि परेका छन्।
धनुषा क्षेत्र न. ४ प्रतिनिधिसभा सदस्य पदको अहिले सम्मको मत ।
यस क्षेत्रको जारी मतगणनामा कहिले यादव अगाडि कहिले महासेठ भइरहेको अवस्था छ । यहाँको अन्तिम परिणामको लागि मतदाताहरु व्यग्र प्रतिक्षामा छन् ।
अहिले यादवले ११ हजार ८१२ मत ल्याँउदा महासेठले ११ हजार ३१३ मत ल्याएका छन्।
महासेठ भन्दा यादव ४९९ मतले अगाडि रहेकाे भएको निर्वाचन अधिकृत सुदिप दंगालले जानकारी दिए ।