
महोत्तरी - महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभाका उम्मेदवार रहेका मधेस प्रदेशका पुर्व आंतरिक मामिला तथा कानून राज्य मन्त्रि सरोज सिंह कुशवाहा निर्वाचित भएका छन् ।
जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेशका प्रभावशाली नेता रहेका कुशवाहाले नेकपा माओवादीका उम्मेदवार लालेन्द्र मण्डल लाई १२५९ मतान्तरले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्य पदमा विजयी भएका हुन् । अन्तिम मतपरिणाम अनुसार जसपाका कुशवाहाले ११ हजार ४ सय ८६ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका लालेन्द्र मण्डलले १० हजार २ सय २७ मत ल्याए । कुशवाहा यस अघि जसपा नेपालबाट मधेश प्रदेशका आंतरिक मामिला तथा कानून राज्य मन्त्रिको जिम्मेवारी सम्हालेका थिए ।







