
महोत्तरी। महोत्तरी क्षेत्र नम्बर ४ को प्रतिनिधि सभाको उम्मेदवार नेपाली कांग्रेसका महेन्द्र राय यादवको जीत सुनिश्चत भएको छ।
नेपाली कांग्रेसका महेन्द्र राय यादवले १८ हजार ३६ मतसहित अग्रता बढाइरहेका छन् । उनलाई १३ हजार ४ सय ४९ मतसहित जनता समाजवादी पार्टीका डा. सुरेन्द्र यादवले पछ्याइरहेका रहेका छन् ।
त्यस्तै, जनमत पार्टीका मनोज कुमार साह ५ हजार ९ सय १४ मतसहित तेस्रो स्थानमा छन्।